धौलागिरि क्याम्पसमा मतदान सम्पन्न : एक हजार ५९ मत खस्यो

बागलुङ । धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा शान्तीपूर्ण निर्वाचान सम्पन्न भएको छ । आज भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा थिए ।

बिहान ८ बजेबाट शुरु भएको मतदान ४ बजे सम्पन्न भएको निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार एक हजार ५९ मत खसेको छ । क्याम्पसमा एक हजार ४ सय ७४ जना मतदाता रहेका थिए ।

स्वतन्त्र समूहका अध्यक्ष पदका उम्मेदवार दिपक सुवेदीको उम्मेदवारी कायम रहेपनि नेविसंघका सृष्टी आचार्यलाई सर्मथन गरेपनि अहिले नेविसंघ र अखिल संयुक्त प्यानल चुनावी मैदानमा छ ।

अखिल संयुक्तको प्यानलबाट सभापतिमा आस्विन शेखको समूह र नेविसंघबाट सृष्टि आचार्यको समूह चुनावी मैदानमा छ ।