पर्वतमा ‘ब्रेकफेल’ भएर जीप दुर्घटना : दुईको मृत्यु, सात जना घाइते

बागलुङ । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटबाट स्याङजाको वालिङतर्फ आउँदै गरेको बोलेरो जीप पर्वतको बिहादी गाउँपालिकामा दुर्घटना हुँदा बुधवार २ जनाको मृत्यु भएको छ ।

७ यात्रु घाइते भएका प्रहरीले जनाएको छ। पर्वत प्रहरीका अनुसार मृतकमा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचन रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए। लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ। एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।