बागलुङ । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटबाट स्याङजाको वालिङतर्फ आउँदै गरेको बोलेरो जीप पर्वतको बिहादी गाउँपालिकामा दुर्घटना हुँदा बुधवार २ जनाको मृत्यु भएको छ ।
७ यात्रु घाइते भएका प्रहरीले जनाएको छ। पर्वत प्रहरीका अनुसार मृतकमा बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचन रहेका छन् ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए। लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ। एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।

धौलागिरी टेलिभिजन 



