धौलागिरी जागरण दैनिकको वार्षिकोत्सव टोड्केमा मनाइदै

आदर्श सञ्चार सहकारीले पत्रिकाको वार्षिकोत्सव गण्डकी प्रदेशका विभिन्न पर्यटकीयस्थलहरुमा पुगेर मनाउदै आएको अध्यक्ष जिसीले बताउनुभयो ।

“आठौं वार्षिकोत्सवदेखिका सबै वार्षिकोत्सव पर्यटकीय स्थलहरुमा पुगेर मनाउदै आएका छौ, पर्यटकीय स्थलको प्रचार प्रसारमा सहयोग गर्ने उद्देश्यका साथ विगत १० वर्षदेखि निरन्तर पर्यटकीय स्थलहरुमा पुगेर मनाउदै आएका छौ” अध्यक्ष जिसीले भन्नुभयो “१८ औं वार्षिकोत्सवका अवसरमा आगामी १ वर्षलाई धौलागिरी जागरणका तर्फबाट पर्यटन प्रवर्द्धनका  लागि प्रचार प्रसार वर्षका रुपमा काम गर्ने निर्णय गरेका छौ । ”

पर्यटन नै अर्थतन्त्रको अधार भएकाले प्रचार प्रसारका लागि पर्यटकीय स्थलमै पुगेर वार्षिकोत्सव मनाइदै आएका छौं । वार्षिकोत्सवमा रघुगंगा गाउँपालिका र टोड्के स्थित टोड्के हिल रिसोर्टको संयोजन रहनेछन् ।

मिडिया क्षेत्रका व्यक्तिहरुको उपस्थितिले टोड्केको पर्यटन प्रवर्द्धन र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी दिनुभयो ।

पर्यटकीय संभावना, पूर्वाधार निर्माणमा लगानीको वातावरण तथा पर्यटकलाई आकर्षण गर्ने माध्यम प्रचार–प्रसार रहेको टोड्के हिल रिसोर्टका सञ्चालक भीम शेरचनले बताउनुभयो । उहाँले टोड्केको पर्यटनको विकासमा सबैसंग सहकार्य गरेर अघि बढेको बताउनुभयो ।

धौलागिरी जागरण दैनिकको वार्षिकोत्वसका अवसरमा कार्यक्रम गरिएका स्थलहरु :
आठौं वार्षिकोत्सव (२०७१) : बागलुङ नगरपालिका, भकुण्डे, बागलुङ
नवौं वार्षिकोत्सव (२०७२) : गलकोट नगरपालिका, हटिया, बागलुङ
दशौं वार्षिकोत्सव (२०७३) : काठेखोला गाउँपालिका, तंग्राम फापरखेत, बागलुङ
एघारौं वार्षिकोत्सव (२०७४) : बरेङ गाउँपालिका, हुग्दिशिर, बागलुङ
बाह्रौं वार्षिकोत्सव (२०७५) :जैमिनी नगरपालिका, कुश्मिसेरा, बागलुङ
तेह्रौं वार्षिकोत्सव (२०७६) : कोरोना संक्रमणका कारण औपचारिक कार्यक्रम नभएकाले वार्षिकोत्सवको खर्च २१,१११।– (एक्काईस हजार एक सय एघार रुपैयाँ मात्र) महाविर पुनले सञ्चालन गरेको राष्ट्रिय आविस्कार केन्द्रलाइ सहयोग गरिएको थियो ।
चौधौं वार्षिकोत्सव (२०७७) : जलजला गाँउपालिका, मल्लाज, माझफाँट, पर्वत
पन्ध्रौं वार्षिकोत्सव (२०७८) : पोखरा महानगरपालिका, कास्की
सोह्रौँ वार्षिकोत्सव (२०७९) : ढोरपाटन सिकार आरक्ष, बागलुङ
सत्रौँ वार्षिकोत्सव (२०८०) : कारीकोट मन्दिर, बानपा–७, बागलुङ