सहस्रधारा स्थित लक्ष्मीनारायण मन्दिरमा आन्तरिक तथा बाह्रय पर्यटक तथा भक्तजनको आगमन बढ्दै

बागलुङ । पर्वतको कुश्मा नगरपालिका– १ सहस्रधारा स्थित लक्ष्मीनारायण मन्दिरमा आन्तरिक तथा बाह्रय पर्यटक तथा भक्तजनको आगमन बढ्दै गईरहेको छ ।

पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत पर्ने पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गमा रहेको सहस्रधाराधा स्थित यस लक्ष्मीनारायण मन्दिरमा नेपाल सहित भारत वाट आउने तिर्थालुहरुले यहाँको दर्शन गरेर मात्र मुक्तिनाथ र दामोदर कुण्ड पुग्ने गर्दछन् ।

पोखरा बाग्लुङ्ग राजमार्गमा पर्ने भएकाले यस मन्दिरमा अहिले धार्मिक पर्यटकहरुको लर्को लाग्ने गरेको मन्दिरका उत्तराधिकारी श्री १ हजार ८ स्वामी नारायणआचार्यले जानकारी दिनुभयो ।

हिन्दु धर्मावलम्बीहरुको पबित्र तीर्थस्थल मुक्तिनाथ र दामोदर कुण्ड पुग्ने तीर्थालुहरुको प्रबेशद्वारको रुपमा रहेको सहस्रधारामा अहिले विभिन्न दाताहरुको सहयोगमा मन्दिर परिसरमा विभिन्न देविदेवताका मुर्ति कुंदिएको प्रवेशद्धारा निर्माण भईरहेको छ ।

स्थानिय सरकारको पाँच लाख पच्चिस हजार रुपया र अन्य भक्तजनको सहयोग वाट निर्माण भईरहेको स्वामी नारायणाचार्यको भनाई छ ।तिर्थालुहरुको सहजाताका लागि मन्दिर परिसरमा १ सय ८ गौ धारा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

हस्रधारामा हिन्दु धर्मशास्त्रमा माता पार्वतीले तपस्या गरेको भन्ने किम्बदन्ती यसमन्दिर संग जोडिएको छ । यहाँ आउने तिर्थालु तथा धार्मिक पर्यटक लाई निशुल्क खाना र आवासको समेत व्यवस्था रहेको स्वामी नारायणाचार्यले बताउनुभयो ।