
बागलुङ, राष्ट्रिय प्रजातन्त्र दिवशको अबसर पारेर लायन्सक्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ जे नेपालद्वारा निशुल्क आँखा शिविर तथा आँखा जाँच र विद्यार्थीलाई स्टेशनरी बितरण कार्यक्रम सम्पन्न भएको छ ।
जैमिनी नगरपालिका ७ को कुइधाङमा शिविर सम्पन्न भएको हो । शिविरमा गण्डकी मेडिकल कलेजका प्राध्यापक डा. तरुण पौडेल, डा. सौरभ कोइराला, डा. रेशम कुमार सिङताङ सहितको टोलीले २ सय २० जनाको आँखा परीक्षण गरेका थिए ।
कुइधाङ प्राविका अध्यक्ष चेतनाथ शर्माको अध्यक्ष्यक्षतामा भएको कार्यक्रममा लायन्सका रिजन चियर पर्सन बद्री ढुंगाना, एक्टन्सन चिफ नरेश कंडेल, एरिया चिफ चन्द्रराज रेग्मी, जोन चियर पर्सन रमेश शर्मा, जमुना थापा र क्लबका अध्यक्षहरु यशोधा शर्मा, मिना थापा, सचिव शिसिर पन्त लगायतले शुभकामना दिए ।
कार्यक्रमको संचालन एरिया सचिव श्रीकृष्ण पौडेलले गरे । कार्यक्रममा लायन्स क्लब अफ गाजा हिल, लायन्स क्लब अफ म्यारी गोल्डका सदस्यले स्वयंसेवी भूमिका खेलेका थिए ।