
बागलुङ, पत्रकार लेखनवृत्ति कोषको घोषणा, पहिलो दिनमै ४ लाख संकलन नेपाल पत्रकार महासंघ बागलुङ शाखाले पत्रकार लेखनवृत्ति कोषको घोषणा गरेको छ । गत मंसिर २८ गते सम्पन्न आठौँ जिल्ला अधिवेसनबाट निर्वाचित पत्रकार महासंघ बागलुङको नवनिर्वाचित समितिले पत्रकार लेखनवृत्ति कोषको घोषणा गरेको हो ।
राम थापा अविरलको नेतृत्वमा निर्वाचित समितिको पहिलो बैठकले गरेको निर्णय अनुसार खोजी पत्रकारीतामा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरि कोषको घोषणा गरिएको हो ।
पत्रकार लेखनवृत्ति कोषको घोषणा तथा पुरस्कार समपर्ण कार्यक्रम मार्फत कोषको घोषणा गरिएको थियो । पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु मार्फत जम्मा भएको रकम १ लाख ५५ हजार सहित देश तथा बिदेशमा रहेका पत्रकारहरु र कार्यक्रममा उपस्थितबाट संकलित रकम गरि हालसम्म ४ लाख रुपैया संकलन भएको कोषाध्यक्ष खेमराज गौतम सुवासले जानकारी दिए ।
कोषमा १० लाख पु¥याउने लक्ष्य रहेको र १० लाख पुगेपछि संकलन अभियान रोकिने र प्रत्येक बर्ष सोही रकमको व्याजबाट खोज पत्रकारीतामा लागेका पत्रकारलाई पुरस्कृत गरिने अध्यक्ष राम थापाले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका उपसभामुख बिनाकुमारी थापाले समाज र नागरिकलाई आशा जगाउने गरि पत्रकारीता गर्न आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेशसभा नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली, गण्डकी प्रदेशसभा नेकपा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष प्रकाश पौडेल, गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नेपाली काँग्रेसका जिल्ला सदस्य महेन्द्र आचार्य, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष रामबहादुर जिसी, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले मंतव्य व्यक्त गरेका थिए ।
प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगर, प्रेस चौतारी बागलुङका अध्यक्ष कमल पौडेल, प्रेस सेन्टर बागलुङका सचिव बिनोद, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सचिव ताराप्रसाद शर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा र पुरस्कृत व्यक्तित्व रामकृष्ण बोहोराले मंतव्य व्यक्त गरेका थिए ।
कार्यक्रम पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाको अध्यक्षता, उपाध्यक्ष सुवास आचार्यको स्वागत र सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।
कोषमा सहयोग गर्नेहरुको रकमका बारेमा महासंघका उपाध्यक्ष सिर्जना पन्तले जानकारी गराएकी थिइन् ।
सोही अवसरमा नेपाल पत्रकार महासंघ बागलुङमा स्थापित दुई वटा पुरस्कारबाट बागलुङमा क्रियाशिल दुई जना पत्रकार पुरस्कृत गरिएको छ ।
पत्रकार महासंघमा स्थापित टीकाधन खोज पत्रकारीता पुरस्कार र बिकास पौडेल स्मृति पत्रकारीता पुरस्कारबाट दुई जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा भएको पत्रकार लेखनवृत्ति कोष घोषणा तथा पुरस्कार समपर्ण कार्यक्रममा टीकाधन खोज पत्रकारीता पुरस्कारबाट ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोर र बिकास पौडेल स्मृति पत्रकारीता पुरस्कारबाट धौलागिरि जागरणमा कार्यरत पत्रकार डम्वर बुढालाई पुरस्कृत गरिएको हो ।
पत्रकार महासंघका साधारण सदस्य मित्र खरेलद्धारा स्थापित टीकाधन पुरस्कार कोषबाट पुरस्कृत बोहोरालाई बिगत २३ बर्षदेखि पत्रकारीता क्षेत्रमा योगदान पुर्याएको भन्दै नगद १० हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो ।
बोहोरा हाल ढोरपाटन दैनिकमा कार्यकारी सम्पादक गोरखापत्रको जिल्ला सम्वाददाता र धौलागिरि एफएममा समेत कार्यरत रहनु भएको छ । त्यस्तै महासंघका तत्कालीन साधारण सदस्य बिकास पौडेलको कोरोनाका कारण निधन भएपछि परिवारद्धारा स्थापित बिकास पौडेल स्मृति कोषबाट बिगत एक दशकदेखि पत्रकारीता क्षेत्रमा क्रियाशिल बुढालाई नगद ५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरिएको छ ।
बुढा हाल धौलागिरी जागरण दैनिक, रासस लगाएतका संचार माध्यममा कार्यरत छन् । पुरस्कार प्राप्तपछि पत्रकारद्धय बोहोरा र बुढाले पुरस्कारले थप जिम्मेवार र क्रियाशिल भएर अगाडि बढ्न प्रेरित गरेको बताए ।