images
images

शिक्षा विकासको मेरुदण्ड हो : सांसद शेरचन

बागलुङ, नेपाली काँग्रेस बागलुङका सभापति एवं गण्डकी प्रदेश सांसद जित शेरचनले शिक्षा विकासको मेरुदण्ड भएको बताएका छन् । काठेखोला गाउँपालिका–४ तंग्राममा रहेको नारायणी माध्यामिक विद्यालयको ६४ औँ बार्षिकोत्सवमा शनिबार बोल्दै उनले यस्तो बताएका हुन् ।

‘शिक्षा विकासको मेरुदण्ड हो, शिक्षा बिना विकास सम्भव छैन ।’ उनले भने–‘यदि विकास गर्नुछ भने शिक्षालाई प्रथामिकता दिएर काम गर्नुपर्छ ।’

उनले शिक्षालाई व्यवहारिक र बैज्ञानिक बनाउनु पर्नेमा जोड दिए ।

‘शिक्षालाई समयानुकुल बनाइनु पर्छ, आजको आवश्यकता भनेको व्यवहारिक र बैज्ञानिक शिक्षाको हो ।’ उनले भने–‘हाम्रा हरेक विद्यालयले सोही अनुरुप अघि बढ्नु पर्छ ।’

गाउँपालिका अध्यक्ष राजु थापाले शैक्षिक क्षेत्रमा लगानी गरे अनुसार प्रतिफल नआएको बताए ।

‘शैक्षिक विकासकोलागि राज्यले ठूलो लगानी गरिरहेको तर नतिजा राम्रो आउन सकेको छैन ।’ उनले भने–‘हाम्रा विद्यालयबाट अब राम्रो नतिजा आउनुपर्छ, त्यसकोलागि विद्यार्थी, शिक्षक, अभिभावक र समुदायले मिलेर काम गर्नु पर्छ ।’ उनले शिक्षालाई प्रबिधिमैत्री बनाउनु पर्नेमा जोड दिए ।

उनले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिकोलागि सबै लाग्नु पर्नेमा जोड दिए । उनले विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक नभई अब्बल बनाउन लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापा ‘तिलक’, वडा अध्यक्ष लक्षमण पुन, नेपाली काँग्रेस जिल्ला सदस्य नरमाया थापा, राष्ट्रिय जनमोर्चाका विष्णु कँडेल, विद्यालयका सल्लाहकारहरु मन बहादुर थापा ‘मनिष’ प्रेम थापा, यम प्रसाद कँडेल, आधारभुत विद्यालयहरुको तर्फबाट भैरव थापा, माध्यामिक विद्यालयहरुको तर्फबाट कलिन्द्र कुमार पुनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बार्षिकोत्सवको अवसरमा अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ । ७ समुहको सहभागिता रहेको प्रतियोगितामा भिमसेन माध्यामिक विद्यालय प्रथम, धारा माध्यामिक विद्यालय द्धित्तिय र नारायणी माध्यमिक विद्यालय तृतीय भएका छन् ।

विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक विधामा उत्कृष्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर बहादुर थापाले विद्यालयको प्रतिवेदनका साथै आगामी योजना प्रस्तुत गरेका थिए भने प्रधानाध्यापक विष्णु बहादुर थापाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर बहादुर थापाको अध्यक्षता, शिक्षक मीन बहादुर पुनको स्वागत र शिक्षकहरु दिल बहादुर परियार र दिनुमाया तामाङको सन्चालनमा सप्पन्न भएको थियोे ।