images
images

रहरलाग्दो गाई पालन, ८० भन्दा बढि गाईबाट ३०० लिटर दुध बिक्रि, ८ जनालाई रोजगार

बागलुङ, गाउँमा नै रोजगार सृजना गर्ने उद्धेश्यले गाई फार्म सुरु गरिएको हो, आज ८ जनालाई रोजगार दिन सफल भएका छौँ, बागलुङलाई दुधमा आत्मनिर्भर बनाउन सहयोग पुगेको छ । यी भनाई हुन् बागलुङ पशु श्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लि.का पूर्व अध्यक्ष तथा संल्लाहकार दिपक गौतमको ।

२०६९सालमा काठखोला गाउँपालिका–२मा स्थापना गरिएको गाई फार्मबाट अहिले दैनिक ३०० लिटर दुध बिक्रि गरिन्छ । गौतम भन्छन्–‘यसले बागलुङलाई दुधमा आत्मनिर्भर बनाउन सघाऊ पुर्याएको छ ।’

६९जना सेयर सदस्यबाट ३ करोड ८१ लाख ५० हजार रुपैयाँ सेयर लगानीमा सुरु गरिएको फार्ममा अहिले झण्डै साडे ४ करोेड रुपैयाँ लगानी पुर्याइएको छ । यो आफुहरुकोलागि आम्दानीको राम्रो श्रोत भएको उनको भनाई छ ।

‘हामीले मुनाफा त एकदमै थोरै मात्रामा बाँडेका छौँ तर धेरै चाहीँ फार्म व्यवस्थित र वृद्धि गर्नमै लगाइरहेका छौँ ।’ उनले भने–‘त्यसैले यो आम्दानीको राम्रो श्रोत बनिरहेको छ ।’
उनले आफ्नो उद्धेश्यमा सफल हुँदै आएको बताए ।

‘हाम्रो उद्धेश्य गाउँमानै केही गर्न सकिन्छ भन्ने थियो त्योसँगै युवाहरुलाई स्वरोजगार बनाउने थियो ।’ उनले भने–‘अहिले ८ जनालाई प्रतक्ष रोजगार मिलिरहेको छ ।’ यद्धपी उनले पछिल्लो समय बैदेशिक रोजगारीको कारण काम गर्ने मान्छे पाउन गाह्रो हुने गरेको बताए ।’

फार्ममा जर्सी क्रस र होलस्टेन क्रस जातका गाई रहेका छन् । एउटा गाइले १० देखि १५ लिटरसम्म दुध दिने गर्दछ । दुध बिक्रिकोलागि कुनै समस्या नभएको उनको भनाई छ । फार्ममा उत्पादित दुध बागलुङ दुग्ध उत्पादन सहकारीले खरिद गर्दछ ।

ग्रामीण भेगमा ठूलो गाई फार्म सञ्चालन गर्न गाह्रो हुनेभएपनि अवसरपनि उत्तिकै भएको उनको भनाई छ

‘पहाडी क्षेत्रमा ठूलो फार्म गर्न गाह्रोपनि छ, धेरै खर्च ट्रान्सपोर्टेसन (यातायात)मा नै सकिन्छ ।’ उनले भने–‘तर प्रसस्त मात्रामा ठाउँ हुने, प्रतिस्पर्धि नहुने हुँदा अवसरपनि छ ।’

उनले नेपालमा कृषिलाई हर्ने दृष्टिकोण सकरात्मक नहुँदा कृषि पेशा समस्या पर्दै गएको बताए ।

‘यहाँ नागरिकले र सरकारलेपनि कृषि पेशालाई हेर्ने दृष्टिकोण राम्रो पाइदैन, केही गर्न नसकेर कृषि गर्यो भन्नेजस्तो ढङ्गले हेरिन्छ ।’ उनले भने–‘यहि दृष्टिकोण नै कृषिकोलागि घातक हो ।’

उनले कृषिकोलागि आउने अनुदानपनि वास्तविक किसानले भन्दा विभिन्न तरिकाबाट पहुँच पुर्याउनेले पाउने गरेको बताए । त्यसलाई व्यवस्थित गर्न उत्पादनमा आधारित अनुदान दिइनु पर्ने उनको सुझाव छ ।

उनले बेरोजगारीका कारण विदेशिने युवालाई नेपालमै सम्भावना रहेको बताए ।

‘नेपालमा प्रशस्त सम्भावना छ, विदेशमा जस्तो १८ घण्टा काम गर्ने हो भने डेढ/दुईलाख कमाउन गाह्रो हुँदैन ।’ उनले भने–‘काम गर्नेहरुलाई नेपालमै राम्रो अवसर छ ।’

उनले युवाहरुलाई व्यवसाय गर्नु भन्दा पहिला आफुले गर्न चाहेको व्यववसाय बारे राम्रो जानकारी लिनुपर्ने, खटेर निरन्तर काम गर्नु पर्ने सुझाए ।

सहकारीका अध्यक्ष पहलमान थापाले अबको केही बर्षमानै मुनाफा वितरण गर्नेगरि काम गर्ने बताए ।

‘हालसम्मको मुनाफा फार्म व्यवस्थित गर्न, जग्गा थप गर्न लगायौँ, त्यस कारण धेरै नाफा वितरण गर्न सकेनौँ ।’ उनले भने–‘अब भने हामीले