images
images

पाठेघरको मुखको क्यान्सर निर्मुल पार्न ११ हजार किशोरीलाई एचपीभी खोप लगाइने

बागलुङमा ११ हजार ५५५ जना किशोरीलाई एचपीभी (ह्युमन प्पापिलोमाभाइरस भ्याक्सिन)  खोप लगाईने भएको छ ।

महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मुलन पार्नका एचपीभी खोप लगाउन थालिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

यो वर्ष जिल्लाका १० पालिकाका कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समुहका युवतीलाई एचपिभी लगाउन थालिएको जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सरबाट बच्नकालागि माघ २२ देखि फागुन ३ सम्म बागलुङ जिल्ला भरका ११ हजार किशोरीलाई खोप लगाइनेछ ।

६ देखि १० कक्षामा अध्यनरत किशोरीलाई खोप लगाईनेछ । किशोरीको उमेर १० देखि १४ वर्षको हुनुपर्ने छ । एचपिभी खोप नसर्ने रोगको पहिलो खोप लगाउन थालिएको खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिए ।

माघ २२ गते देखि २८ गते सम्म पहिलो चरणमा ६ पालिका र दोस्रो चरणमा फागुन ३ सम्म लगाईनेछ । पहिलो चरणमा छ पालिका र दोस्रो चरणमा चार पालिकामा खोप अभियान चलाईनेछ ।

एचपीभी खोपलाई सिकोलिन नामको खोपको नामाकरण गरिएको छ । खोप लगाउन ३१५ जना स्वास्थ्यकर्मी, ६२६ जना संयसेवीका परिचालन गरिनेछ भने ३१२ खोप केन्द्र तय गरिएको छ । आगमी दिनमा ६ कक्षामा अध्यनरत विद्यार्थीलाई नियमित खोप दिईने खोप सुपरभाईजर खत्रीले बताए।

स्त्रीरोग विशेषज्ञ विजय ओझाले नेपालमा प्रत्येक दिन चार जना महिला पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको बताउँदै किशोरीलाई खोप लगाउँदा भविश्यमा हुने क्यान्सरबाट बच्न सकिने बताए ।

ओझाले शारिरिक सम्पर्कमा आउनुभन्दा पहिला खोप लगाउँदा यसको प्रभावकारिता हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहका किसोरी छनौट गरिएको बताए ।

सरकारले सन् २०३० सम्म ९० प्रतिशत लक्ष्य हासिल गर्ने उद्देश्य सरकारले एचपीभी खोप लगाउन थालेको छ । प्रदेश स्वास्थ्य कार्यालयका अनुसार एचपीभी खोप अभियानकालागि गण्डकी प्रदेशमा रु।६ करोड र बागलुङमा ७७ लाख बजेट विनियोजन गरेको छ ।

कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक अमर थापाको अध्यक्षता, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाको स्वागत, क्षय कुष्ट निरीक्षक देव प्रकाश घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।