वालिङ, स्याङ्जाका ज्येष्ठ नागरिकले आफूमा भएको सीप तथा अनुभव अन्तरपुस्तामा हस्तान्तरण गरेका छन् । फेदीखोला गाउँपालिका–१ का ज्येष्ठ नागरिकले अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्ञान हस्तान्तरण गरेका हुन् ।
बालगृहमा अध्ययनरत ३८ बालबालिका दुई दिनसम्म कोही दुनाटपरी बुन्न, कोही ज्योति बाल्न प्रयोग हुने बाती बनाउन त कोही डोको, नाम्लो बुन्दै थिए । ज्येष्ठ नागरिकमा विभिन्न क्षेत्रको अनुभव र सीप रहेकाले त्यसलाई पुस्तान्तरण गर्न सामाजिक विकास कार्यालयले पुलको काम गरेको उनले बताए ।
बालबालिकालाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक र प्रयोगात्मक ज्ञानले भोलिका दिनमा परम्पराको संरक्षणसँगै सीप पुस्तान्तरणमा पनि टेवा पुग्ने अमोर सेवा बालगृहकी सञ्चालिका कमला पराजुलीले बताए। विभिन्न क्षेत्रमा सीप भएका स्थानीय ज्येष्ठ नागरिकले बालबालिकालाई आफूमा भएको सीप सिकाउनुभएको थियो ।
“बालगृहमा रहेका बालबालिका हरेक क्षेत्रमा सक्षम रहेको र छोटो समयमै विभिन्न सीप सिक्न सफल भएका छन्”, उनले भने, “बालबालिकाले सिकेका सीपलाई निरन्तरता दिँदै भोलिका दिनमा सीपको उपलब्धिका कारण रोजगारी सृजना हुनेछ ।”