images
images

पत्रकारले संयम र जिम्मेवार भएर काम गर्नु पर्ने बेला आएको छ : सांसद सुवेदी

बागलुङ, पत्रकारिता क्षेत्रमा हिजोको जस्तो विश्वसनीयता आजको दिनमा समेत रहीरहनुपर्ने आजको आवश्यकता रहेको सरोकारवालाहरुले जोड दिएका छन् ।

नेपाल प्रेस युनियन बागलुङले आयोजना गरेको पत्रकारितामा हिजो, आज र भोली विषयक विमर्श कार्यक्रममा सहभागीले पत्रकारितालाई जीवन्त दिन नागरिकका आम समस्या बाहिर ल्याउनुपर्ने बताएका थिए ।

उनीहरुले पत्रकारितामा विभिन्न समस्या आउन थालेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

पत्रकारिता क्षेत्रले समेत गतल जानकारी दिन सक्ने भन्दै सही सूचना जनतामा पु¥याउन आवश्यक रहेको जनाइएको छ ।

कार्यक्रममा पत्रकार प्रकाश बरालले पत्रकारिता हिजो, आज र भोलीको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो

।उहाँले हिजोको हस्तलिखित पत्रकारिता, आजको डिजिटल पत्रकारिता र भोलिको एआई मोडेलको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमाथि अधिवक्ता राम शर्माले टिप्पणी राख्दै पत्रकारिता विश्वसनीय हुन आवश्यक रहेको बताउनुभयो । उहाँले एउटै जानकारी दुई ढंगबाट पत्रकारितामा आउनु गलत भएको बताउनुभयो ।

कालीगण्डकी दोहनको विषयमा बागलुङका पत्रकारले समाचार लेख्ने र पर्वतका पत्रकारले संरक्षण गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य डिल्लिराम सुवेदीले गलत सूचनाको बाढी आएको बेला पत्रकारहरुले संयम र ज्म्मिेवार भएर कार्य गर्नुपर्ने पूर्व बताउनुभयो ।

तथ्य र सत्य सूचनाका लागि पत्रकार चुक्न नहुँने बताउनुभयो ।

समयक्रम अनुसार पत्रकारिता समेत परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारितामा स्वनियमनको विधि आवश्यक रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रेस युनियन बागलुङका पूर्वअध्यक्ष जगन्नाथ आचार्य, नागरिक समाज बागलुङका अध्यक्ष वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङको पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेल, प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष सिर्जना पन्त, प्रगतिशिल पत्रकार संघका अध्यक्ष विजय राना लगायतले पत्रकारिताको हिजो, आज र भोलीको विषयमा आफनो धारणा राख्नु भएको थियो ।

कार्यक्रम प्रेस युनियनका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत, उपाध्यक्ष सुवास आचार्यको धन्यवाद मन्तव्य तथा सचिव डम्मर बुढामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।