बागलुङ, बागलुङ नगरपालिका-३ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ ।
पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अभियान स्वरुप बानपा-३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
सुवेदीले कार्यान्वयनको पाटो महत्वपूर्ण रहेकाले यसलाई कार्यान्वयन गर्नका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सीमित स्रोत साधनबाट भैरहेको विकासलाई अधिकतम लाभ हुनेगरी प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ, उप–प्रमुख राजु खड्का, पूर्वनगर प्रमुख जनकराज पौडेल, बानपा १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, कालिगण्डकी आवसीय माविका विद्यार्थी संगम क्षेत्री र आदर्श विद्या मन्दिर माविका विद्यार्थी संन्ध्या थापाले मंतव्य व्यक्त गर्नु भएको थियो ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको प्रतिवेदन वडा नम्बर ३ का वडा सदस्य अर्जुन खड्काले प्रस्तुत गर्नुभएको थियो ।
यसभन्दा अघि बानपा ४, १३, १४, ११, १, २, ५,६, ७ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको थियो ।
अव ८, ९, १० र १२ नम्वर वडालाई घोषणा गर्न बाँकी रहेको उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
वडा नम्वर ३ का स्थानीयवासी, जनप्रतिनिधी, विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षासेवी, समाजसेवी, सञ्चारकर्मी, नागरिक समाज लगाएतको सहभागितामा भजन किर्तन, पञ्चेवाजा, लाखेनाथ, झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।
कार्यक्रम वडा अध्यक्ष लक्ष्मण केसी सनिको अध्यक्षता, कार्यपालिका सदस्य धनमाया शर्माको स्वागत र गुराँश विद्या सदनका प्रिन्सिपल निशान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।