म्याग्दी, म्याग्दीमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
निर्माणाधीन ४२ मेगावाट क्षमताको राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीयको निधन भएको हो ।मृत्यु हुनेमा भारतका ३३ वर्षका दशरथ यादव र सह चालक ४० वर्षका शत्रुधन रजक छन् ।
पिप्लेमा रहेको हाइड्रोपावरको अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको भारतीय टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।