बागलुङ जेसीजको ४७ औ साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बागलुङ जेसीज २०२५ का लागि अध्यक्षमा सुशान्त कृष्ण श्रेष्ठसहितका पदाधिकारीहरु निर्विरोध रुपमा चयन भएका छन् ।
जेसिजको कार्यकारी उपाध्यक्षमा प्रेम प्रसाद ढकाल, शिव बहादुर केसी, उपाध्यक्षमा धिरन पुन, मिलन खत्री, शुभम राजभण्डारी, सृष्टि आचार्य चयन भएका छन् । यस्तै जेसिज बागलुङको निर्देशकमा विशाल रेग्मी, सुबिसन श्रेष्ठ, मनोनित महासचिवमा शुलभ खड्का चयन भएको बागलुङ जेसीज २०२४ का अध्यक्ष गणेश महतोले जानकारी दिए ।
४७ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेसनको उद्घाटन गर्दै पूर्व अध्यक्ष सुरेशप्रसाद श्रेष्ठले जेसीज अभियानले व्यक्तिको क्षमता र नेतृत्व बिकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । कार्यक्रममा लिडर्स अध्यक्ष सुजन श्रेष्ठले पनि मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा बागलुङ जेसीज वर्ष २०२४ का महासविच ताराप्रसाद शर्माले प्रस्तुत गरेको प्रगति तथा कोषाध्यक्ष प्रेमप्रसाद ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । कार्यक्रम बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, निर्वतमान अध्यक्ष सौरभ श्रेष्ठको स्वागत र महासविच ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।