जैमिनी पीकअप जीप दुर्घटना अपडेट : मृतक पाँच जनाको पहिचान खुल्यो

बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान पीकअप जीप दर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ग २ च ९२४७ नम्बरको पीकअप जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र १ जना घाइते भएको घट्ना स्थलमा पुगेका वडा न. ७ का वडा सदस्य भुपेन्द्र रानाले बताए ।

मृत्यु हुनेमा जीप चालक जैमिनी नगरपालिका–८ छिस्ती केवईका ३८ वर्षीय महेन्द्र पुन, २० बर्षीया रश्मी श्रीष, ५० बर्षीया नन्दकली पुन, १७ बर्षीय निरज श्रीष र ७५ बर्षीय कुल प्रसाद श्रीष रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । जीपमा चालक सहित ६ जना रहेको बताइएको छ ।जीप सडकदेखि करिब ५०० मिटर तल खसेको बताइएको छ ।

दुर्घटनामा परी सोही ठाउँका गंगा बहादुर श्रीष घाइते भएका छन्, उनको शरीरको विभिन्न भागमा चोट लागेको बताइएको छ । घाइते श्रीषलाई उपचारकोलागि धौलागिरी अस्पताल ल्याइदै गरेको बताइएको छ ।
जैमिनी नगरपालिका–८ छिस्तीदेखि बागलुङ तर्फ आउँदै गरेको पीकअप जीप छिस्ती र जैदीको सिमा ढुङ्गाखानी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।