गुठीका खड्का र भैरवस्थानका खत्री सम्मानित

बागलुङ, कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का र भैरवस्थान मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्री सम्मानित भएका छन् । गुठी व्यवस्थापन समितिले दुवै जनालाई सम्मान गरेको हो ।

उनीहरुलाई गत भदौमा भारतको सोक्रेट सोसिएल रिसर्च युनिभरर्सिटीले मानार्थ डाक्टर उपाधि दिएको थियो । उक्त उपाधी पाउने यो क्षेत्रकै उनीहरु पहिलो भएकोले गुठीले सम्मान गरेको हो । गुठीका उपाध्यक्ष अर्जुन खड्का, सचिव निशान खड्का, सल्लाहकार दुर्गाबहादुर आचार्य, अमरबहादुर खड्का र सुवास आचार्यले सम्मान गरेका हुन् ।

सामाजिक र आर्थिक क्षेत्रमा लामो समय क्रियाशिल भएकोले उक्त विश्वविद्यालयले सम्मान गरेको हो । दुइ वर्षअघि देखिनै खोजी गरिरहे पनि यो वर्ष मात्र उनीहरुलाई सम्मान गरेको थियो । भदौको तेस्रो साता भएको कार्यक्रममा १० देशका सामाजिक अगुवालाई मानार्थ डाक्टर उपाधि दिईएको हो ।

सम्मान कार्यक्रममा सल्लाहकार दुर्गाबहादुर आचार्यले दुइ जनाको सम्मानले जिल्ला र क्षेत्र नै सम्मान भएको बताए । धार्मिक क्षेत्रमा क्रियाशिल बन्दा पनि सम्मान पाइएकोमा उनले खुसी व्यक्त गरे । कार्यक्रममा सम्मानितहरु खड्का र खत्री तथा नेपाल पत्रकार महासंघका सहसचिव सिर्जना पन्तले मन्तव्य राखेका थिए ।