बागलुङ । सहकारी ठगीको आरोपमा जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
थुनछेक बहस सकिएपछि मंगलबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारको इजलासले थुनामा राख्न आदेश दिएको हो ।
सहकारीको वित्तिय अबस्था समेतलाई मध्यनजर गरी नेपालीलाई थुनामा राख्न आदेश दिईएको हो । उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई भने एक लाख ५० हजार धरौतीमा छोड्न आदेश दिएको छ ।
सहकारी पीडितहरुको निवेदनका आधारमा सरकारी वकिलको कार्यालयले नेपालीलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको आरोपमा मुद्धा दर्ता गरेको थियो ।
नेपालीका बिरुद्धमा जिल्ला अदालत कास्कीमा समेत मुद्धा रहेकाले थुनछेक बहसका लागि पोखरा लैजाने तयारी छ ।