
बागलुङ । बागलुङमा निरन्तरको झरिका कारण एक घर भत्किएको छ । बागलुङ नगरपालिका, ९ खुकुरेडाडाका लाल बहादुर दमाईको ढुंगा माटाले बनेको दुई तले कच्ची घरमा पानी पसेपछि घर भत्किएको हो ।
घरको पुर्व पट्टिको बारतलीदेखि एकपाखे गारो सबै भत्किएको प्रहरीले जनाएको छ । मानवीय तथा चैपाया क्षती भने भएको छैन् । पीडित परिवारलाई छिमेकमा राखिएको प्रहरी निरीक्षक सुनिल शर्माले बताए ।