बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ दुुई महिनापछि सञ्चालनमा आएको सडक खण्ड शुक्रबार फेरी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्र्याक बगाउँदा गत साउन ९ गतेदेखि उक्त खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको सो सडक अविरल बर्षा संगै माथि बाट आएको लेदो सहितको पहिरोले अवरुद्ध भएको प्रहरी उपरिक्षक ऋषिराम कँडेलले राजनकारी दिनुभयो ।
सडकको ट्र्याकलाई पुरेर शुक्रबारदेखि नियमित यातायातका साधन सञ्चालनमा ल्याइएको भएपनि पुनं अवरुद्ध भएको जैमिनी नगरपालिकाका नगरउपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।
यसअघि करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई वैकल्पिक सडकका रुपमा सञ्चालनमा ल्याइएको थियो । उक्त सडकमा हलुका सवारीसाधन मात्रै आवतजावत गर्ने व्यवस्था मिलाइएको उपप्रमुख शर्माले बताउनुभयो ।
सडकको ट्रयाक नै बगाएपछि यातायात नियमित सञ्चालन गर्न समय लागेको उपप्रमुख शर्माले बताउनुभयो । वर्षा रोकिँना साथ बागलुङ बजारबाट जैमिनीसम्म ठूला बसले सेवा दिन थाल्ने जानकारी दिनुभयो