images
images

बसपार्क लाई नियमित संचालन गरेर जग्गा फिर्ता गर्न माग

बागलुङ । बागलुङ नगरपालिका वडा नं. ४ दाबगरामा संचालनमा आएको नवनिर्मित आधुनिक बसपार्क लाई प्रभावकारी ढंङ्गबाट संचालन गर्नका लागि बाकी रहेका पूर्वाधार निर्माण गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

बसपार्क सञ्चालनको विषयमा बागलुङ नगरपालिकाले  आयोजना गरेको अन्तरक्रिर्याका सहभागीले सडक लगायतका सबै पूर्वाधार द्रुतमार्गबाट निर्माण गर्न सुझाव दिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले सवारी साधनको बढ्दो चाँपले बजारमा सुरक्षा चुनौती बढेको भन्दै नवनिर्मित वसपार्क लाई प्रभावकारी तरिकाले संचालनमा ल्याउनुपर्ने वताउनुभयो ।

उहाँले आवश्यकता अनुसार चिप्लेटी र दाबगरा द’बै बसपार्क समानुपातिक तरिकाले चल्ने धारणा व्यक्त गर्नुभयो ।

निवर्तमान नगरप्रमुख जनकराज पौडेलले अव्यवस्थीत सडकका कारण बसपार्क संचालनमा कठिनाई भएकाले तत्काल पुर्वाधार निर्माण गर्न नगरपालिका लाई आग्रह गर्नुभयो ।

तत्काल पहुँचमार्ग विस्तारको काम गर्नुपर्नेमा जोड दिँदै पौडेलले बसपार्क लाई नियमित चलाउनेमा ध्यान दिन आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख रिसीराम कँडेलले सागुरा सडकले बजारमा ट्राफिक जाम हुनेगरेको भन्दै ठुला सवारी साधन लाई नवनिर्मित बसपार्कमै व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

उहाँले स्थानिय र सरकारको लगानी लाई खेर जान नदिन भरखर संचालनमा आएको बसपार्क लाई पुर्ण सुरक्षा दिने विश्वास समेत दिलाउनुभयो ।

धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि.का अध्यक्ष उमेश केसीले नयाँ ठाँउ र प्राप्त पुर्वाधार निर्माण भएकाले केही समस्या आएपनि बसपार्क संचालनमा आएको वताउन’भयो ।

अहिले चलिरहेको बसपार्कमा साना सवारी राख्ने, दुवै बसपार्क समानुपातिक हिसाबले सञ्चालन गर्ने, मापदण्डभन्दा बाहिर बनेका संरचना भत्काएर सडक बिस्तार गर्ने लगायतका सुझावहरु सरोकारवालाले प्रस्तुत गरे ।

जग्गादाता हरिबहादुर जिसी सन्तोषले निशुल्क जग्गादान गरेको २३ बर्ष सम्म पनि आफुहरुले फिर्ता नपाएकाले बसपार्क लाई नियमित संचालन गरेर जग्गा फिर्ता गर्न माग गर्नुभयो ।

सबै सरोकारवालाको जिज्ञासाको जवाफ दिदै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बसपार्क सञ्चालनका लागि सबै तहबाट सकरात्मक प्रयास भैरहेको बताउनुभयो ।

उहाँले बसपार्क संचालन बागलुबासीको साझा सवाल भएको तथा जग्गादाता संग भएका सहमती सम्झौता पुरा गर्नुपर्ने भएकाले बाध्यात्मक परिस्थीति सृजना गरेर पनि बसपार्क लाई प्रभावकारी तरिकाले संचालन गरिने दाबी गर्नुभयो ।

नगर उपप्रमुमुख राजु खड्काले कानूनले मिल्नेसम्म सबै कुवार्नी गरेर भएपनि बसपार्क सञ्चालनका लागि नगरपालिका तयार रहेको बताउनुभयो ।