images
images

पश्चिम म्याग्दीमा चल्ने बस र जिपको भाडादर समायोजन

म्याग्दी,  पश्चिम म्याग्दी क्षेत्रमा चल्ने बस र जिपले लिँदै आएको भाडा घटाइएको छ । बेनी–दरबाङ सडकको कालोपत्रे खण्ड र कच्ची सडकमा न्यूनतम ५ रुपैयाँ देखि १५० रुपैयाँसम्म नयाँ भाडादर कायम गरिएको हो ।

म्याग्दी जिप तथा बस सञ्चालक समितिद्धारा सञ्चालित जिप तथा बसले बेनी–दरबाङ, दरबाङ–बिम, दरबाङ–रुम,दरबाङ–धारापानी, ताकम मुना,लुलाङसम्म र दरबाङ–बिम, खारा मराङसम्म नियमित सञ्चालन हुने सवारीसाधनमा भाडा समायोजन गरेको समितिका अध्यक्ष सुमन श्रेष्ठले बताए । ‘तोकिएको भाडादर लागु भइसकेको छ, सरोकारवाला निकायसँग समेत समन्वय गरी कार्यान्वयनलाई प्रभावकारी बनाउँछौ’ अध्यक्ष श्रेष्ठले भने । तोकिएको भाडादरमा बेनी–दरबाङ सडक हुदै विभिन्न ठाउँमा जाने तथा विभिन्न नाकाबाट भित्रिने सवारीसाधनले अनिवार्य रूपमा तोकिएको भाडादर लागू गर्नुपर्नेछ ।

पक्की सडक भए पनि भाडादर नघटेको भन्दै यात्रुले गुनासो गर्दै आएका थिए  । हाल सदरमुकाम बेनीदरबाङ सडकखण्ड अन्तगत लाम्पाटासम्मको सडक कालोपत्र भइसकेको छ भने समितिले कच्ची सडकमा समेत समायोजन गरेको भाडादरमा टोल र बस्ती नै तोकिएकाले सर्वसाधरण यात्रुलाई सहज हुनेछ । यसैबीच जिल्लाको अन्य ग्रामिण सडकमा ढलान तथा कालोपत्रे भइसकेको सडकमा पनि भाडादर समायोजन गर्न समायोजन गराउनुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।