images
images

बागलुङ कालीका गुठीको भाद्र महिनाको हिसाब सार्वजनिक

बागलुङ, नेपालको प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर गुठी ब्यवस्थापन समिति बागलुङले भदौ महिनाको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ ।

कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले भदौ महिनाको हिसाबकिताब सार्वजनिक गरेको हो ।

भदौ महिनाको आम्दानी तर्फ भक्तजनले मन्दिरमा चढाएको भेटी ७ लाख ८६ हजार ५ सय ६५ रूपैयाँ ,चामल बिक्री बाट २१ हजार रूपैयाँ बोकाको टाउको बाट ६९ हजार ७ सय ५० रूपैयाँ ,कुखुरा बाट ६ हजार ५ सय ५० राँगो बाट ३ हजार ६ सय ,सटर भाडा ३ लाख १९ हजार ५

सय ४० रूपैयाँ ,विवाह बाट ४ हजार ५ सय ,राँगो बाट २ हजार आर्थिक सहयोग बापत ५४ हजार २ रूपैयाँ परेवा बिक्री बाट ४ लाख ९६ हजार रूपैयाँ र पण्डित बाट १४ हजार ब्रतबन्ध बाट ६ सय रूपैयाँ गरि १७ लाख ७४ हजार ५ सय ७ रूपैयाँ आम्दानी गरेको कालीका भगवती गुठी ब्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले बताए ।

यस्तै कालीका भगवती गुठी ब्यवस्थापन समितिले भदौ महिनामा खर्च तर्फ कर्मचारीको तलबभत्तामा ३ लाख ८८ हजार १५० ,बिधुतमा ५६ हजार ८ सय ३५ रूपैयाँ ,अतिथि सत्कारमा ७२ हजार ,उपहार २० हजार ,पूर्वाधार तर्फ ४ लाख ८३ हजार ७ सय मेसिनरी तथा उपकरण खर्च १ लाख ५७ हजार ९ सय ,खाध्यान्न तथा आवास ७८ हजार र बिज्ञापनमा १५ सय सांस्कृतिक कार्यक्रम तथा भजनमा २० हजार ५ सय खर्च भएको कोषाध्यक्ष खड्काले बताए ।

भदौ महिनामा कालीका भगवती गुठीले आम्दानी १७ लाख ७४ हजार ५ सय ७ रूपैयाँ खर्च १३ लाख ३८ हजार ५ सय ८५ रूपैयाँ गर्दा गुठीले जम्मा ४ लाख ३५ हजार ९ सय २२ रूपैयाँ बचत गरेको गुठीले जनाएको छ ।

गुठी ब्यवस्थापन समितिले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाबकिताब नियमितरूपमा सार्वजनिक गर्दै आएको गुठीका सचिव अर्जुन खड्काले बताए ।