बागलुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा पिकअप जिप दुर्घटनामा मृत्युहुने तीन जनामध्ये एक जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका रुकुम पूर्वका गाउँपालिका उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका इनिस्पेक्टर प्रताप पौडेलले बताउनुभयो । अन्य मृतक एक पुरुष र एक महिलाको पहिचान भने अझै खुल्न सकेको छैन ।
शुक्रबार बिहान हान पुथा उत्तरगंगा गाउँपालिकाको रा १ ज २०० नम्बरको सरकारी पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एक जना गम्भिर घाइते भएका छन् ।