बागलुङ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बागलुङको २५ औँ जिल्ला सम्मेलन शनिबार गलकोटको हटियामा सम्पन्न भएको छ ।
सम्मेलनले खिमानन्द कँडेल (विकास) को अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रभात साहनी, भिम वुढा, कमला पौडेल, सचिवमा प्रदिप थापा, कोषाध्यक्षमा मञ्जु रसाईली, सहसचिवमा मदन पौडेल र देवीराम घर्ती रहनुभएको छ ।
कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला ईन्चार्ज वलावती शर्मा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य तथा गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरे, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष तथा अखिल (क्रान्तिकारी) बागलुङका पूर्व अध्यक्ष ज्ञामनाथ गैरे अनिल, गण्डकी प्रदेशका सांसद कुसुम बुढा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का,
अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिव जिवन शर्मा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य तथा ताराखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रकाश घर्ती, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्ष गंगा भुजेल, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका जिल्ला अध्यक्ष तथा अखिल क्रान्तिकारी बागलुङका पूर्व अध्यक्ष वीर बहादुर चोखाल, नेपाल विद्यार्थी संघ बागलुङ जिल्ला अध्यक्ष दिनेश पन्त, विप्लव निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुधन सिले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) गलकोट नगर समितिले गित तथा नृत्य प्रस्तुत गरेका थिए । सम्मेलनमा केन्द्रिय सचिव जिवन शर्माले राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (क्रान्तिकारी) का जिल्ला अध्यक्ष विकास कँडेलको अध्यक्षता, ढोरपाटन नगर समिति अध्यक्ष कमला पौडेलको स्वागत र केन्द्रिय सदस्य प्रेम बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।