images
images

तनहुँ बस दुर्घटना : मृत्यु हुनेको संख्या २७ जना पुग्यो

बागलुङ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुई पटक गरेर काठमाडौं पठाइएको जानकारी दिदै उहाँले बाँकी सबैको मृत्यु भएको बताउनुभयो । शुरुमा १४ जनाको र पछि १३ जनाको मृत्यु भएको उहाँको भनाई थियो ।

मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ । दुर्घटना र अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी गराइएको छ ।

भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोट्र्स होटलमा बसेर काठमाडौं हिँडेको थिए ।