images
images

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ तिरी गाउँ नजिक पौडी खेल्ने क्रममा पोखरीमा ३५ वर्षीय विकल गुरुङकोडुबेर मृत्यु

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ तिरी गाउँ नजिक पौडी खेल्ने क्रममा पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ ।

वारागुङ मुक्तिक्षेत्र—४ को तिरी गाउँ नजिकको पोखरीमा बुधबार दिउँसो अन्दाजी ४ बजे वारागुङ मुक्तिक्षेत्र—१ खिङ्गाका ३५ वर्षीय विकल गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

गुरुङ वारागुङ—१ खिङ्गाबाट पौडी खेल्नका लागि साथीहरूसँग त्यहाँ पुगेका थिए । साथीहरुसँगै पौडी खेल्ने क्रममा अचानक पोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

पौडी खेल्ने क्रममा युवाको मृत्यु भएको सूचनापछि नजिकैको कागबेनी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक यमबहादुर दरैको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनास्थलको मुचुल्का लगायतका कार्य सम्पन्न गरेको छ भने घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।