
बागलुङ, हिन्दु महिलाहरूको पर्व तीज नजिकिएसँगै तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यसैबिच रेशम राज सुनारको मौलिक तीज गित मायाको रुपै राम्रो गीत सार्वजनिक भएको छ ।
एक बर्ष अगाडि सुनार ले आच्छा लाहुरे नामक तिज गित ल्याएका थिए र सर्वाधिक हेरिएको र त्यसैको अपार सफलतापछि मायाको रुपै राम्रो ल्याएको सुनारले बताउनुभयो ।
रेशम राज सुनार युट्युब मार्फत सार्वजनिक गरिएको गितमा मेलिना राई र रेशम राज सुनारले स्वर भरेका छन । सुन्दर एसडिएस र जुना सुन्दासको अभिनय तथा नृत्य रहेको भिडियोको निर्देशन मौसम हिमाली ले गरेका छन ।
नेत्र अर्यालको शब्द सिर्जनामा सजिएको गितलाई नन्दु परियारले लय भरेका छन भने गितले तीजको परम्परागत मौलिकतालाई समेटेको छ ।
प्रेमिप्रमिकाले एकअर्कालाइ तारिफ गरेर फकाएका छन गित सुनेर हेरेर महशुस गर्न सकिन्छ सुनार करिब जापन लाई कर्मथलो बनाएर बसेको नि १३ बर्ष पुग्यो तर नेपालि गित सगिंत मौलिक भाका संस्कृतिलाई भुल्न नसकेको सुनारले बताउनुभयो ।
बजारमा सार्वजनिक भएका तीज गित परिवार सँगै बसेर हेर्न समेत नसकिने भएकाले तीज गितमा बिकृति बढेको भन्दै आलोचना भईरहेका बेला रेशम राज सुनारले सार्वजनिक गरेको मौलिक भाकामा आधारित मायाको रुपै राम्रो लोकप्रिय हुने बिश्वास छ सुनारले बताउनुभयो । (आच्छा लाहुरे- https://youtu.be/2G4XvP4KEPQ