ताकममा घरमाथिबाट ढिस्को खस्दा एक दम्पत्तीको ज्यान गएको छ ।

बागलुङ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका-७, ताकममा घरमाथिबाट ढिस्को खस्दा एक दम्पत्तीको ज्यान गएको छ ।

स्थानीय तुलप्रसाद न्यौपानेको घरको एउटा कोठा घरमाथिबाट खसेको पहिरोले पुरिँदा श्रीमति बालकुमारी न्यौपाने सहित दुबैको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घरसँगै जोडिएको कोठीमा सुतेका दम्पत्तीको ज्यान गएको छ भने घरमा रहेका आमा र नातिनी सुरक्षित रहेको स्थानीय गोपाल आचार्यले बताए ।

‘पहिरोले कोठी पुरेको छ, घर सुरक्षित छ’ आचार्यले भने । गएराति देखि परेको अविरल वर्षाका मध्यरातमा पहिरो खसेको अनुमान गरिएको छ ।

गाउँमा न्यौपानको घर एक्लो थियो । घटनापछि स्थानीय र प्रहरीको सहयोगमा पहिरोमा पुरिएका दम्पत्तीको शब निकालेको छ ।

हिरोले म्याग्दीको ग्रामिण क्षेत्र जोड्ने सडक अवरुद्धसँगै बाढीपहिरोका कारण जोखिममा रहेका क्षेत्रमा बसोबास गर्नेलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ ।