
म्याग्दी, मा एक पुरुषको डेंगुको संक्रमणबाट मृत्यु भएको छ । डेंगु संक्रमणबाट एक जनाको मृत्यु हुनेमा बेनी नगरपालिका–४ सिंगाका एक पुरुष रहेका छन् ।एक्कासि ज्वरो आएपछि गत असार १६ गते बेनी अस्पतालमा भर्ना भएका ६४ बर्षिय खत्रीको अवस्था झनै जटिल भएपछि आइसियूमा राखेर थप उपचार गर्नुपर्ने भएपछि असार १७ गते पोखरा रिफर गरिएको थियो ।
बेनी अस्पतालले दिएको जानकारी अनुसार बृद्धको उपचारका क्रममा मृत्यु भएको हो । बेनी अस्पतालकी मेडिकल सुपरिटेन्डन डा.अञ्जु थापाका अनुसार अस्पतालमा भएको साधनसा्रेतबाट उपचार असम्भव भएपछि पोखरा रिफर गरिएको थियो ।
‘यसबर्ष डेंगुको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो, सचेतनामुलक अभियान सञ्चालन गर्न ढिलाइ गर्नुहुदैन’ डा. थापाले भनिन् । डेंगुबाट गर्भवती, बालबालिका, बृद्धबृद्धामा संक्रमण भएमा जटिल समस्या देखिन सक्ने भएकाले सर्तकता अपनाउनुपर्ने डा. थापाको भनाई छ ।
लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी’ र ’एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको वासस्थान हटाउने अभियान सञ्चालन हुन नसक्दा डेंगु संक्रमणको जोखिम बढेको छ ।
यो संक्रमणमा कडा ज्वरो आउने, आँखाका गेडी राता हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तस्राव हुने, जोर्नी, मांसपेसी दुख्ने, नाक तथा गिँजाबाट रगत बग्नेजस्ता लक्षण देखिन्छ। एउटै मानिसमा डेंगु दोहोरिएमा र समयमै उपचार नभएमा आन्तरिक रक्तस्रावले पनि बिरामीको मृत्यु हुन सक्ने जोखिम समेत हुन्छ । डेंगु संक्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन। लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र डेंगु संक्रमण हुन्छ।