
बागलुङ, महिला उद्यमविकास सहकारी संस्था लिमिटेड बागलुङले एक हप्ते हाते होजियारी पञ्जा तथा मोजा बनाउने तालिम सम्पन्न गरेको छ ।
तालिम समापनका अवसरमा बोल्दै महिला उद्यमविकास सहकारी संस्था लि. का संरक्षक प्राज्ञ प्रेम छोटाले महिला लाई आत्मनिर्भर बनाउनका लागि यो सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गर्नुभयो । हाते कला तथा विभिन्न सृजनात्मक कार्यमा महिला उद्यम सहकारी लागि परेको उहाँको भनाई थियो ।
कार्यक्रममा प्रशिक्षक द्धय शसिकिरण श्रेष्ठ र पुष्पकिरण श्रेष्ठ सैजुले तालिममा सिकेका कुरा लाई व्यावहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो । तालिम समापनका अवसरमा सहभागीलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष अर्चना पालिखेको अध्यक्षता, सदस्य सुनयना राजभण्डारीको स्वागत मन्तव्य र सहसचिव सम्झना श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।