images
images

नेकपा माओवादी केन्द्र बागलुङ नगरसमितिले बागलुङ नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

बागलुङ, नेकपा माओवादी केन्द्र बागलुङ नगरसमितिले बागलुङ नगरपालिकाको ध्यानाकर्षण गराएको छ।

नगर प्रमुख बसन्त कुमार श्रेष्ठलाई बागलुङ नगरपालिकाको १५ औँ नगर सभाको लागि विभिन्न विषयमा सुझावसहित नगर समितिका कोषाध्यक्ष बसन्त मल्ल र सहसचिव जिवन शर्माको नेतृत्वमा गएको टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा अपाङग मैत्री सडक, स्वच्छ खानेपानी, कृषि र पशुपालनमा व्यवसायीक सुधार, युवाहरुलाई आत्मनिर्भर बनाउने खालको तालिम दिएर स्वरोजगार कार्यक्रम, एकिकृत वस्ती निर्माण, बागलुङ नगरभित्रका शहीद परिवार, वेपत्ता, दलित, जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरु र एकल महिलाहरुलाई पहिचान कार्डको व्यवस्था, गरिव, दलित र जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तीसहित उच्च शिक्षाको व्यवस्था गर्नुपर्ने, बलेवा एयरपोर्टलाई हवाई तालिम केन्द्र बनाउनु पर्ने, बाँदर नियन्त्रणको कार्यक्रम ल्याउनु पर्ने उल्लेख छ ।

हामीले अब हुन लागेको नगर सभाबाट स्वास्थ्य, कृषि, वन, सडक, पर्यटन, उद्योग, सिचाई र सामाजिक सुधारको कार्यक्रम ल्याएर नगरवासीको हितमा काम होस भनेर नगर नेतृत्वलाई ध्यानाकर्षण गराएको माओवादी केन्द्र बागलुङ नगरसमितिका कोषाध्यक्ष बसन्त मल्लर्ले बताउनु भयो ।

सुझाव प्रस्तुत गर्ने कार्यक्रममा प्रदेश सदस्य चन्द्रबहादुर थापा शिखर, बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष तथा प्रदेश कुमार विक्रम क्षेत्री, प्रदेश सल्लाहकार रुद्र शर्मा, जिल्ला समन्वय सदस्य रामबहादुर विक, नगर सचिवालय सदस्य नरबहादुर केसी, माओवादी केन्द्र बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष राजन शर्मा र वाइसिएलका नगर संयोजक राजु विकको लगायतको टोलीले ध्यानकर्षण पत्र बुझाएको थियो ।