
असल विद्यार्थी नामक शत फिल्मको शुभारम्भ गर्दै छायाङ्कन सुरू गरिएको छ । आइतबार गुराँस बिद्या सदन बिधालय बाट फिल्मको शुभमुहूर्त गर्दै छायाङ्कन सुरु भएको हो ।
’सायरा इन्टरटेनमेन्ट र गुराँस विद्या सदनको ब्यानरमा निर्माण हुने फिल्मका निर्देशक कथा लेखक दिलिप प्रतेल, हुनुहुन्छ भने सिम्रन छेत्री,बिनोद प्रतिक , आरुशी पाण्डे,होसन्ना वि.क,इस्पर्श परियार, शाहिल खत्री,मोनालिसा नेपाली लक्ष्मि बराइली लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने उदेश्यले निर्माण गरिएको फिल्म नितान्तरुपमा बिद्यार्थी सचेतना सम्बन्धि रहेको निर्देशक प्रतेलले बताउनुभयो । फिल्म छायाङ्कन दिनेश जि.सी गर्नुभएको छ ।
फिल्म आगामी हप्ता प्रदर्शन गर्ने निर्देशक प्रतेलले जानकारी दिनुभयो ।