images
images

नीति तथा कार्यक्रम निर्माणका लागि बागलुङ नगरपालिकाले थाल्यो सुझाव संकलन

बागलुङ । बागलुङ नगरपालिकाले नीति तथा कार्यक्रममा समेट्ने विषय बारे सुझाव संकलन कार्यको थालनी गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१ र ८२ को नीति तथा कार्यक्रमको तयारीका क्रममा सबै क्षेत्रको स्वामित्व हुनेगरी विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन थालिएको हो ।

नगरपालिकाले असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र त्यसैको तयारी स्वरुप सुझाव संकलन थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।

पूर्व जनप्रतिनीधि, राजनीतिक दल तथा जिल्लामा क्रियाशिल संघ सस्थाहरुसँग छलफल तथा सुझाव सङ्कलन गरिएको छ । सो अवसरमा सहभागिहरुले नगरपालिकामा साना योजना भन्दा ठूला योजनालाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

साना योजना भन्दा सबैले गर्व गर्न लायक योजना बनाउन नगरपालिका लाग्नुपर्ने बताएका थिए ।

नगरपालिकाले शिक्षा, भाषा, धर्म, कला, साहित्य, संस्कृति, जात्रा, नाच, खेलकुदको संरक्षण र प्रवद्र्धन गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समेटेर आवश्यक बजेट विनियोजन गर्नु पर्ने सहभागिको भनाई थियो ।

साथै सहभागिले एकल महिला, फरक क्षमता भएका नागरिक, जेष्ठ नागरिक, बालबालिका र महिला शसक्तिकरणमा ध्यान नगरपालिकाको जानु पर्ने बताएका थिए ।

नगरपालिकाले थालेको सडक सुधारको काम लाई निरन्तराता दिन समेत सहभागिले आग्रह गरेका छन् ।

नगरपालिकाले दिर्घकालिन विकासको योजनालाई आत्मसाथ गरेर अघि बढ्ने गरि नीति तथा कार्यक्रममा समेट्नुपर्ने र विकासलाई उत्पादनसँग जोड्नु पर्ने धारणा राखेका थिए ।

सामाजिक विकास,आर्थिक विकास, पूर्वाधार विकास, सेवा प्रवाह र सुशासनका सवालमा सुझाव सल्लाह र राय पेस गरेका छन् ।

नगरपालिकाले उद्योगी व्यवसायीसँग छलफल तथा सुझाव सङ्कलन थाल्ने प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताउनु भयो ।