images
images

अस्ट्रेलियामा भलिबल तथा बास्केटबल प्रतियोगिता

म्याग्दी ।अस्ट्रेलियामा महिला तथा पुरुष भलिबल र पुरुष बास्केटबल प्रतियोगिता  आइतबार सम्पन्न भएको छ । प्रवासमा रहेका म्याग्देली सहित नेपाली समाजमा सद्भावलाई कायम राख्नका लागि खेलाडी, खेल र खेलप्रेमीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

मोना वान–डे टुर्नामेन्ट अन्तर्गत मोना अस्ट्रेलियाद्वारा आयोजित पुरुष भलिबलतर्फ कुल १३ टिम सहभागी भएकोमा छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) प्रथम र मोना अस्ट्रेलिया दोस्रो भएका छन् ।
यसैगरी महिला भलिबलतर्फ कुल ५ टिमले सहभागिता जनाएकोमा ढोरपाटन क्लब पहिलो र पोखरा क्लब दोस्रो भएका छन भने १० टिम सहभागी पुरुष बास्केटबलमा वाइल्ड याक्स विजेता बनेको जनाइएको छ ।
अस्ट्रेलियामै सबैभन्दा ठूलो नेपाली समाजद्वारा आयोजित खेलकुद प्रतियोगिताको अवसरमा राष्ट्रिय खेलाडी टेकराज अवस्थीलाई सम्मान गरिएको थियो । प्रतियोगितामा एनआरएनए अस्ट्रेलियाका प्रेसिडेन्ट अनिल पोख्रेलको प्रमुख आतिथ्य रहेको थियो भने झण्डै १ हजारबढी दर्शकहरुले खेल अवलोकन गरेको मोना अस्ट्रेलियाका प्रवक्ता हिक्मत श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिता अस्ट्रेलियाको सिड्नीस्थित अवर्नमा आयोजना गरिएको थियो ।रोजगारको सिलसिलामा अस्ट्रेलिया पुगेका प्रवासीहरु आबद्ध मोना अस्ट्रेलियाले जिल्ला र अस्ट्रेलियामै पनि धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
मोना अस्ट्रेलिया, अस्ट्रेलियामा हुने हरेक खालका सामाजिक गतिविधिहरुमा सक्रियताका साथ पहिलो स्थानमा रहेको संस्थाले जनाएको छ ।