images
images

बागलुङ नगरपालिका ४ मा बालबालिकाको भुमिका विषयक वक्तृत्वकला तथा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न

बागलुङ । बागलुङ नगरपालिका लाई बालमैत्री नगर घोषणाका लागि बागलुङ नगरपालिका ४ ले बालमैत्री वडा निर्माणमा बालबालिकाको भुमिका विषयक वक्तृत्वकला तथा विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।

वडानम्वर – ४ अन्र्तगत पर्ने विभिन्न नौ वटा विद्यालय सहभागी वक्तृत्वकला  प्रतियोगिता बाट न्यु ओएसिस ऐकेडेमीका कुञ्जन रेग्मी प्रथम, धौलागिरी आवसिय बोडिङ स्कुलका आस्मा केसी द्धितिय र निकोशन कार्की तृतिय भएका छन् ।

त्यस्तै तातु आलु तर्फ कक्षा १ तर्फ देउराली प्राविका सिम्रन बिक प्रथम, कोरोना एकेडेमीका अनुषा सापकोटा द्धितिय र तिग्मा सापकोटा तृतिय भएको वडा नम्वर ४ का बालमैत्री फोकल पर्सन देवीकला सापकोटाले वताउनुभयो ।

कक्षा २ मा तातु आलु तर्फ कृस्टीना दर्जी प्रथम, उपल्लाचौर आधारभुत विद्यालय बाट नार्जिन हुसेन दोस्रो र कोरोना एकेडमीका सुयना सापकोटा तृतिय भएका छन् ।

यस्तै ईन आउट खेल तर्फ ओडारचौर सृजनसिल बाल समुहका आर्नव केसी प्रथम गणेस प्राविकी देबी सुवेदी द्धितिय र धौलागिरी बोडिङ्ग स्कुलका सम्मृद्धि शर्मा तृतिय भएका छन् ।

कुर्ची घुमाई खेलमा कुडुले माविका मुन्ना कुमार प्रथम, गणेस प्राविका खुसी गौतम द्धितिय र गणेस प्राविका प्रविण आचार्य तितृय भएको वडा कार्यालयले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट सवैलाई वडा नम्वर ४ का अध्यक्ष कुमार विक्रम क्षेत्री, कुडुले माविका प्रधानाध्यापक हरिप्रसाद कँडेल र न्यु ओएसिस ऐकेडेमीका प्रिन्सीपल नेत्र न्यौपानेले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रम वडा बाल संजालका अध्यक्ष निलकण्ठ पौडेलको अध्यक्षता, कार्यपालिका सदस्य ज्योती केसी बिष्टको स्वागत मन्तव्य र वडा बाल संजालका सचिव कामना श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।