images
images

जैमिनी नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी वृद्धि

बागलुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न थालेको छ ।

शैक्षिक गुणस्तर वृद्धि गर्ने र एकिकृत बिद्यालय निर्माण गरी टाढाका विदार्थीलाई विद्यालयमै राखेर अध्ययन गर्ने योजना नगरपालिकाले कार्यान्वयनमा लग्न थालेको हो ।

बढ्दो बसाईसराईका कारण विद्यालयमा विद्यार्थीको संख्या घट्ने र नगरपालिकाको लगानी सदुपायोग नहुँने भएकाले नगरपालिकाले दुई वर्ष अघिदेखि अगुवा विद्यालय, आवासीय विद्यालय, पढ्दै कमाउदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारेको थियो ।
विद्यार्थी र अभिभावकालई आम्दानीसंग जोड्ने, आवासीय सहितको विद्यालय बनाउदै नगरकै शैक्षिक हब बनाउनका लागि जैमिनी नगरपालिका–५ बिनामारे स्थित सर्वोदय जनक माध्यामिक विद्यालयलाई अगुवा (लिड) विद्यालयको रुपमा अगाडि बढाएको छ ।

दुईवर्ष अघि उक्त विद्यालयलाई नगरपालिकाले अगुवा विद्यालयको रुपमा लगानी बढाएको र यसवर्षदेखि पढ्दै कमाउदै कार्यक्रमका लागि समेत विद्यालय छनौट भएको जैमिनी नगरपालिकाका नगरउपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

छरिएको पातलो बस्ती, तिब्र बसाई सराई लगायतका कारणले आधारभूत विद्यालयका विद्यार्थीहरु घट्ने क्रम बढेपछि विद्यालय घटाउने गुणस्तर बढाउनका लागि अगुवा (लिड) विद्यालयको अवधारण कार्यान्वयनमा लगिएको जैमिनी नगरपालिकाले जनाएको छ ।
लिड विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा दिने, अति विपन्न परिवारलाई पढ्दै कमाउदै अभियानसंग जोड्ने र पालिकाकै शिक्षा क्षेत्रको नमूना विद्यालय निर्माण अभियानमा जैमिनी नगरपालिकाले लगानी गरिरहेको शर्माले बताउनुभयो ।