images
images

पूर्वाधार निर्माणले बागलुङको बिहुँमा रहेको त्रिपुरेश्वर महादेव मन्दिरको स्वरुप फेरियो

बागलुङ । पर्यटकीय पूर्वाधार निर्माणले बागलुङको बिहुँमा रहेको त्रिपुरेश्वर महादेव मन्दिरको स्वरुप फेरिएको छ ।

काठेखोला गाउँपालिका–५ को बिहुँ, रामकोट स्थित त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा पछिल्लो समय पर्यटकीय पूर्वाधार निर्माणले तिब्रता पाएको हो ।

पछिल्लो समय मध्यपहाडी पुष्पलाल लोकमार्ग हुँदै ढोरपाटन र पूर्वी रुकुम पुग्ने पर्यटकहरु मन्दिरमा आउने गरेका छन् ।

शिवरात्री र अक्षय तृतीयलगायत पर्वमा विशेष मेला लाग्ने त्रिपुरेश्वर महादेव मन्दिरमा अन्य समयमा समेत घुम्न आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष गौरीशंकर शर्मा सुवेदीले जानकारी दिनुभयो ।

मन्दिर परिसरमा आवास, सत्तल, खानेपानी, शौचालय, मन्दिर परिसरमा ढुङ्गा छाप्ने काम मन्दिरकै आन्तरिक आयबाट गरिदै अवस्थामा पछिल्लो दुई वर्ष यता गण्डकी प्रदेश, काठेखोला, वडा कार्यालय र दाताको सहयोगमा पूर्वाधार निर्माणले तिब्रता पाएपछि पर्यटकको संख्यामा वृद्धि भएको हो ।

अहिले मन्दिर क्षेत्रमा एक दर्जन सवारीसाधन चढेका पर्यटकहरु आउने गरेका छन् । सडकमार्गदेखि मन्दिर पुग्ने ३ सय ५० मिटर सडक ढलान गर्ने, रेलिङ सहितको सय मिटर पदमार्ग निर्माण गर्नेकाम सम्पन्न