बागलुङ । ताराखोला गाउँ पालिकाको आयोजना तथा जनमुखीन्युज अनलाइनको सहजीकरणमा आगामि आ व २०८१/८२ को निति कार्यक्रम र बजेट माथि सरोकारवालाहरुको रचनात्मक सुझाव संकलन कार्यक्रम ताराखोलामा सम्पन्न भएको छ ।
आगामी वर्ष सबैको सुझाब समाबेश गरि जनताका आबस्यकता र प्राथमिकताका आधारमा निति कार्यक्रम र बजेट तयार गर्नका लागि सुझाब संकलन कार्यक्रम आयोजना गरिएको ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर बि क ले बताउनु भयो ।
सुझाव संकलनका क्रममा निति कार्यक्रम र बजेटका बिभिन्न क्षेत्र मध्य आर्थिक बिकास,पुर्बाधार बिकास,सामाजिक बिकास,सुशासन तथा अन्य क्षेत्र,बन तथा बाताबरण बिकास अन्तरगतका बिषयमा २ दर्जन भन्दा बढिले सुझाब सल्लाह तथा बिभिन्न योजना समेत समाबेश गर्न अनुरोध गरेका थिए ।
सुझाब संकलन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पुर्ब मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्र बहादुर बुढा ९सागर०ले मन्तव्य राख्दै तत्कालिन, दीर्घकालीन र बहुबर्षिय योजना बनाइ बस्तुनिष्ठ र जनतामुखि योजना र निति बनाउनु हुन सुझाब दिनु भएको थियो ।
कार्यक्रममा ताराखोला गाउँपालिका उपाध्यक्ष भिम बहादुर रोका, ताराखोला गाउँपालिकाका सस्थापक अध्यक्ष प्रकाश घर्ति, नेकपा माओवादी केन्द्रका ताराखोला गाउँकमिटि अध्यक्ष दिवस खत्री पदम,नेपालि काग्रेस पूर्व महाधिवेशन प्रतिनिधि डण्डपानी कडेल, नेकपा एमाले ताराखोला गाउँ कमिटि अध्यक्ष ऋृषिराम रोका, राष्ट्रिय जनमोर्चाका तिर्थसिह थापा लगायतले सुझाव राखेका थिय।
कार्यक्रममा टेक बहादुर घर्ति,याम बहादुर रोका,याम बहादुर घर्ति, दुर्ग बहादुर रोका,दोब बहादुर सिउतानि,टोप बहादुर रोका,लोक बहादुर रोका,दुर्गा बगाले,दिल बहादुर घर्ति,दिल कुमारि घर्ति, भिमकला रोका घर्ति,रमेश बगाले,तारानाथ कडेल,भक्त बहादुर नाइसा मगर ,दिपक रोका मगर लगायतले बिभिन्न शिर्षकमा सुझाव राखेका थिय ।
सुझाब संकलन कार्यक्रमको सहजीकरण धौलागिरी टेलिभिजनका प्रबन्ध निर्देशक प्रकाश पौडेलले र टिप्पणी सामुदायिक रेडियो गल्कोटका प्रस्तोता थम्मन थापा सन्देशले गर्नु भएको थियो ।
कार्यक्रम ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर बि क को अध्यक्षता, गाउँपालिकाका प्रबक्ता तथा वडा न २ का अध्यक्ष भद्र बहादुर घर्तिको स्वागत र प्रशासकीय अधिकृत प्रकाश गैरेको संचालनमा सम्पन्न भएको थियो ।