images
images

संघिय सरकारले बागलुङ जिल्लाका लागि ४ अर्व ५३ करोड रकम बिनियोजन

बागलुङ। संघिय सरकारले बागलुङ जिल्लाका लागि ४ अर्व ५३ करोड बढि रकम बिनियोजन गरेको छ । संघिय सरकारले बागलुङ १० स्थानिय पालिकाका लागि ४ अर्व ५३ करोड ४१ लाख रकम बिनियोजन गरेको हो ।

४ नगरपालिका र ६ गाउँपालिका रहेको बागलुङमा सवैभन्दा बढि बागलुङ नगरपालिकालाई १ अर्व १९ करोड ६६ लाख र सवैभन्दा कम तमानखोला गाउँपालिकालाई २० करोड १२ लाख रुपैया बजेट बिनियोजन भएको छ ।

सरकारले जैमिनी नगरपालिकाका लागि ५२ करोड ७९ लाख, गल्कोट नगरपाकिलाका लागि ४९ करोड ८ लाख, ढोरपाटन नगरपालिकाका लागि ५० करोड ४७ लाख बजेट बिनियोजन गरेको जनाइएको छ ।

काँठेखोला गाउँपालिकाका लागि ४३ करोड ६ लाख, ताराखोला गाउँपालिकाका लागि २४ करोड ९४ लाख, निसीखोला गाउँपालिकाका लागि ३१ करोड ९० लाख, बडिगाड गाउँपालिकाका लागि ५३ करोड ६४ लाख र बरेङ गाउँपालिकाका लागि २७ करोड ८१ लाख बजेट बिनियोजन भएको छ ।