images
images

नेपाल उद्योग व्यापार संघ गलकोट नगर समितिको दोस्रो साधारण सभा सम्पन्न

नेपाल उद्योग व्यापार संघ गलकोट नगर समितिको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठले नेपाल उद्योग व्यापार संघ गलकोट नगर समितिले उद्योगी र व्यवसायीको हक हितमा व्यापक काम गर्न सके धेरै साना, मझौला उद्योगी र व्यवसायी यस संस्थामा गोलवद्ध हुने बताउनु भयो ।

सबै तहको सरकारले साना उद्योगी र व्यवसायीको पक्षमा विभिन्न व्यवसायीक प्रवद्र्धनका कार्यक्रम ल्याएका हुन्छन् ती कार्यक्रमबाट समयमै लाभ लिन सबैलाई आग्रह गर्नु भयो ।

स्थानीय उद्योगी व्यवसायीले उत्पादन गरेको वस्तुको गुणस्तर कायम गरि देशभित्र र बाहिर निर्यातको लागि आवश्यक पहल गर्न महासंघ तयार रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, जिल्ला समन्वय समिति बागलुङका सदस्य हर्क पाण्डेय, दलित मुक्ति मोर्चा बागलुङका अध्यक्ष वीरबहादुर परियार, नेपाल उद्योग व्यापार महासंघका गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारणसभामा नेपाल उद्योग व्यापार संघ गलकोट नगर समितिका अध्यक्ष भिम केसीले अध्यक्षको प्रतिवेदन र सचिव गंगा चोखालले प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम नेपाल उद्योग व्यापार संघ गलकोट नगर समितिका अध्यक्ष भिम केसीको अध्यक्ष, उपाध्यक्ष टेकबहादुर थापाको स्वागत र सचिव गंगा चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।