images
images

नेकपा माओवादी केन्द्र बागलुङ नगरपालिका वडा नम्वर दुईको अध्यक्षमा सुन्दरी राजभण्डारी चयन

बागलुङ । नेकपा माओवादी केन्द्र बागलुङ नगरपालिका वडा नम्वर दुईको अध्यक्षमा सुन्दरी राजभण्डारी चयन हुनुभएको छ ।

शनिबार सम्पन्न माओवादी केन्द्रको भेलाले राजभण्डारीको अध्यक्षतामा नया समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रामनाथ विक,सचिवमा भुपेन्द्र केसी, सहसचिवमा मिना कार्की र कोषाध्यक्ष रविन्द्र श्रेष्ठ लगायत सर्वसम्मत रुपमा १५ सदस्यीय समिति चयन भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

सो अवसरमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला ईञ्चार्ज बलावती शर्माले माओवादी बिना मुलुकको विकास सम्भव नभएको वताउनुभयो ।

गणतन्त्र, धर्म निरपेक्षता, संघियता लगायतका ऐजेण्डा मा ओवादीका भएकाले हरेक परिवर्तन माओबादी विना सम्भव नहुने दावी गर्नुभयो ।

सो अवसरमा नेपाल उद्योग ब्यापार संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठ, वडा नम्वर ४ का अध्यक्ष कुमार विक्रम क्षेत्री, नेपाल उद्योग ब्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य निर्मल बहादुर श्रेष्ठ, कार्यालय सचिव चन्द्रवहादुर थापा शिखर, होटल व्याब्सायी सघंका गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।