images
images

मालिकाका महिलालाई बाख्रा वितरण

बागलुङ । बागलुङ नगरपालिका वडा नम्वर ५ मालिकाका १४ जना महिलालाई बाख्रा वितरण गरिएको छ ।

बागलुङ नगरपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको कृषि तथा पशुविकासमा आधारित साना किसान तथा युवा उद्ममशिलता विकास कार्यक्रम अन्तरगत बाख्रा बितरण गरिएको हो ।

उद्ममशिलता विकास कार्यक्रम अन्तरगत मालिकामा गठित नमुना स्वावलम्बि महिला समूह र प्रगतिशिल स्वावलम्बि महिला समूहका सदस्यहरुलाई १४ बाख्रा र २ बोका वितरण गरिएको थियो ।

बागलुङ नगरपालिकाको ७० प्रतिशत, हेफर प्रोजेक्ट नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको प्राविधिक सहित ३० प्रतिशत सहयोगमा बाख्रा र २ बोका वितरण गरिएको वडा अध्यक्ष हरिप्रसाद शर्माले नयाँ विश्वलाई बताउनु भयो ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले महिलाहरुको आर्थिक जीवनस्तर माथि उठाउनका लागि र व्यवसायिक बाख्रापालनलाई प्रोत्साहन गर्न बाख्रा वितरण गरिएको।

बाख्रापालनको सम्भावना राम्रो भएको मालिकामा बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि सहयोग गरिएको भन्दै अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न आग्रह गर्नु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका यामप्रसाद कँडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बागलुङ नगरपालिका ५ का वडा अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य चक्रपाणी शर्मा र संचालन सहजकर्ता सरस्वती पौडेलले गर्नु भएको थियो ।