images
images

बागलुङमा बाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

बागलुङ । साबिकको धौलागिरि अञ्चल भित्रका नेपाली सेनाका गण तथा गुल्महरु सहभागि हुने गरी ‘बाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु भएको छ ।

नेपाली सेनाको श्री २३ नम्बर बाहिनी अड्डाको आयोजनामा ‘बाहिनीपति ट्रफी प्रतियोगिता २०८१’ बिहिबारदेखि शुरु भएको हो ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगितामा फूटबलतर्फ बागलुङस्थित श्रीमेयर गण, म्याग्दीको शत्रुभञ्जन गण, मुस्ताङको नारायणदल गण र पर्वतको नयाँ रणभीम गुल्म गरी ४ टिमले लिगकम नकआउट खेल खेल्नेछन् ।

भलिबलतर्फ ती बाहेक २३ नम्बर बाहिनी गरी ५ टिमले भाग लिने छन् । प्रतियोगितामा बास्केटबल, एथलेटिक्स, पौडी, तेक्वान्दो र बक्सिङ प्रतियोगिता समेत हुने छ ।

यो प्रतियोगितामा उत्कृष्ठ छनौट भएका टिम तथा खेलाडीलाई पृतनापति ट्रफि प्रतियोगितामा पठाइने छ । पृतनापति ट्रफी प्रतियोगितामा उत्कृष्ट हुने टिम र खेलाडीले प्रधानसेनापति ट्रफी प्रतियोगितामा भाग लिनेछन् ।

जेठ २५ गतेसम्म संचालन हुने प्रतियोगिताका लागि चार जिल्लाका २ सय २२ जना खेलाडी जम्मा भएका छन् । उनीहरुले बिभिन्न जातजातीको भेषभुषासहित झाँकी समेत प्रर्दशन गरे ।

खेलमार्फत सेनाका सबै दर्जालाई अनुशासनमा राख्ने, स्वच्छ प्रतिष्पर्धा गरेर राष्ट्रिय तहका खेलाडी उत्पादन गर्ने काममा प्रतियोगितालाई अवसरको रुपमा लिएको पौडेलले बताए ।

बिहिबार भएको उद्घाटन खेलमा श्रीमेहर गण र नयाँ रणभिम गुल्मले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन्