बागलुङ । गणतन्त्र दिवसको उपलक्ष्यमा बागलुङ नगरपालिकाको आयोजनमा राष्ट्रिय झण्डोतोलन, दिप प्रज्जवल तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङ बजारको ऐतिहासिक पार्कमा राष्ट्रिय झण्डोतोलन र सामुहिक दिप प्रज्वलको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले सुभारम्भ गदै ऐतिहासिक पार्कमा नगरपालिकाले विश्वका १९२ देशका झण्डा राखेर पार्कलाई थप सौन्दर्य बनाएको बताउनु भयो ।
झन्डा राखिए पछि विश्वभरका पर्यटकलाई आर्कषित गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो ।
चियापान कार्यक्रममा राजनैतिक दलका नेताहरु, जनप्रतिविधिहरु, सुरक्षा निकायका प्रमुख तथा प्रनिनिधिहरु, पत्रकारहरु, समाजसेवीहरु, कर्मचारीहरु, अधिकारकर्मीहरु, महिला नेतृहरुको सहभागि थियो ।
कार्यक्रमको सञ्चालन बागलुङ नगरपालिकाका प्रशासन शाखा प्रमुख भिमसेन पन्तले गर्नु भएको थियो ।