images
images

लोमन्थाङ गाउँपालिका गण्डकी प्रदेशकै कम बेरुजु आउने गाउँपालिका

बागलुङ । मुस्ताङ जिल्लाको लोमन्थाङ गाउँपालिका गण्डकी प्रदेशकै कम बेरुजु आउने गाउँपालिका बनेको छ ।

महालेखा परीक्षकको कार्यालयले यसअघि सार्वजनिक ६१ औं प्रतिवेदन अनुसार बेरुजु कम हुनेमा लोमन्थाङ पहिलो स्थानीय तह भएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाको कुल बजेट ३० करोडमध्ये ५६ हजार रुपैयाँ अर्थात ० दशमलव ०१ प्रतिशत बेरुजु आएको छ । देशभरका स्थानीय तहमध्ये ७ औं स्थानमा रहेको गाउँपालिका प्रतिशतका आधारमा लोमन्थाङ सबैभन्दा कम बेरुजु भएको गाउँपालिका भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पौडेलले जनप्रतिनिधि र कर्मचारी दुवैले जनताका कामलाई सम्मानका साथ प्रक्रियामा प्रवेश गरेर गर्दा धेरै सजिलो भएको बताउनुभयो ।

हिमालपारीको जिल्लामा भौगोलिक र मौसमका कारणले कार्यसम्पादनमा समस्या आउने गरेको भएपनि लोमन्थाङले आफुलाई अव्वल सावित गर्ने प्रयास गरिरहेको पौडेलको भनाई रहेको थियो । महालेखा परिक्षणको कार्यालयले लोमन्थाङमा देखिएको बेरुजु नियमित गर्नुपर्ने रहेको जनाएको छ ।