images
images

पुराना र सञ्चालनमा नआएका बागलुङ र मनाङका बन्द विमानस्थललाई सहासिक खेलको लागि प्रयोगमा ल्याउने

बागलुङ । सरकारले पुराना र सञ्चालनमा नआएका बागलुङ र मनाङ लगायतका बन्द आन्तरिक विमानस्थललाई सहासिक खेलको लागि प्रयोगमा ल्याउने भएको छ ।

सञ्चालनमा नरहेका बागलुङको बलेवा, मनाङ, मनिडाडा, रूम्जाछार, वैतडी लगायतका आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाङडिङ, स्काइडाइभिङ लगायतका स्थलको रुपमा विकास गरिने भएको हो ।

मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा बताउनु भएको हो । त्यस्तै, भरतपुर विमानस्थल विस्तारको कार्य आगामी वर्ष सम्पन्न गरिने भएको छ । यसको लागि ३६ करोड विनियोजन गरिएको छ ।

रोल्पाको बडाचौर, दाङको चरी गाँउ, जुम्ला, विराटनगर, धनगढी, सुर्खेतको विमानस्थल र नेपालगञ्जको विमानस्थल स्तरोन्नति गरिने समेत सरकारी योजना रहेको छ । सरकारले नागरिक उड्डयन पूर्वाधारको लागि ३ अर्ब ७७ करोड विनियोजन र पर्यटन क्षेत्रको लागि ११ अर्ब ९१ करोड रकम विनियोजन गरेको छ ।