images
images

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई (बुधबार) मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ् । पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

सर्वोच्च अदालतले एमालेका खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा बुधबार चौंथो सरकार बन्न लागेको हो ।

यसैबिच गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् ।

गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।