images
images

सदस्यता सूचीप्रति प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको आपत्ति

बागलुङ । नेपाल पत्रकार महासंघका अध्यक्ष र महासचिवले हस्ताक्षर गरेर सार्वजनिक भएको सदस्यता सूचीप्रति प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आपत्ति जनाएको छ ।

सदस्यता सुद्धिकरणका नाममा प्रेसचौतारी निकट पत्रकारहरुलाई खोजी खोजी सदस्यता खारेज गरेको भन्दै चौतारीले आपत्ति जनाएको हो ।

पत्रकार महासंघको सार्वजनिक भएको सदस्यता सूची प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले अस्वीकार गर्ने भन्दै तत्काल सूची सच्याउन प्रेस बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

शाखाका सचिव अर्जुन कार्कीद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानको पूर्ण समर्थन गर्ने तर केन्द्रीय समितिले बनाएको मापदण्ड र सर्कुलर अनुसार जिल्लास्तरबाटै सर्वसम्मत रुपमा प्रदेश समिति मार्फत केन्द्रीय समितिलाई सिफारिस गरिएको सदस्यतालाई केन्द्रीय समितिले आफु अनुकुल निर्णय गरको उल्लेख गरिएको छ ।

महासंघ केन्द्रले विधि प्रक्रिया मिचेर थप्ने तथा हटाउने गरेको भन्दै चौतारीले जिल्लाबाट सिफारीस भएको नयाँ सदस्यताका बिषयमा छलफल नै नहुनुमा ध्यानाकर्षण भएको जनाएको छ । सदस्यतालाई गिजोलेर केन्द्रिय समितिले निर्वाचनको वातावरण विथोलेको चौतारीको आरोप छ ।