बागलुङ । मैत्रीपूर्ण फुटसलमा पत्रकार महासंघ बिजयी प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा बागलुङमा आयोजित मैत्री पूर्ण फुटसलमा पत्रकार महासंघ बागलुङ विजयी भएको छ ।
प्रेस युनियन बागलुङले त्रिदिवसीय बिभिन्न कार्यक्रममा साथ आयोजना गरेको नेपाल पत्रकार महासंघ बागलुङ र पत्रकारका पेशागत संघ संगठनबीच मैत्रीपूर्ण फुटसल प्रतियोगितामा महासंघ बिजयी भएको हो । पत्रकार महासंघले ९ गोल गरेको थियो भने पेशागत संघ संगठनको तर्फबाट ७ गोल भएको थियो ।
महासंघको तर्फबाट बिजय राना, सचदेव क्षेत्री, ताराप्रसाद शर्मा र अर्जुन कार्कीले गोल गर्नु भएको थियो । पेशागत संघ संगठनको तर्फबाट रोहन जिसीले गोल गर्नु भएको थियो । खेलको उद्घाटन गर्दै नेपाली काँग्रेस बागलुङका सचिव तथा जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले पेशागत हक हितका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष नरेश कँडेलले पनि शुभ कामना मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता र सचिव डम्वर बुढाको संचालनमा सम्पन्न भएको थियो । युनियनले पहिलो दिन शनिवार रामानुज आश्रम बागलुङ नगरपालिका—१ निरयघाटमा खाद्यान्न सहयोग गरेको थियो ।