बागलुङ । आदर्श कप फुटबल प्रतियोगिता शुरु बागलुङमा प्रथम आदर्श फुटवल प्रतियोगिता शुरु भएको छ । आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजना र आदर्श विद्यामन्दिर माविको सह–आयोजनामा फुटबल प्रतियोगिता शुरु भएको हो ।
माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आदर्श कप अन्तर माध्यामिक विद्यालय’ स्तरिय फुटबल प्रतियोगिता शुरु भएको आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिनुभयो ।
आगामी जेठ १६ गतेसम्म संचालन हुने गरि शुरु भएको प्रतियोगितामा १५ टिमको सहभागीता रहेको केसीले बताउनुभयो । पहिलो दिन भएको खेलमा आदर्श बिद्या मन्दिर पहेलो, गुराँश बिद्या सदन र अमर आदर्श आवसिय मावि बिजय भएका छन् ।
आयोजक आदर्श बिद्या मन्दिर पहेलोले गरिमा आवसिय माविलाई शुन्यका बिरुद्ध २, गुराँश बिद्या सदनले धौलागिरि बोडिङ स्कुललाई शुन्यका बिरुद्ध १ र अमर आदर्श आवसिय माविले कुडुले माविलाई शुन्यका बिरुद्ध ४ गोल गर्दै बिजय भएको बिद्यालयका संचालक एवँ शिक्षक दिपक सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन जैमिनी नगरपालिकाका नगरउपप्रमुख हरिहर शर्माले गर्नु भएको थियो । प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडेल र प्रमाणपत्र पाउने केसीले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडि, मिडफिल्डर, गोलरक्षक, डिफेन्डर, उच्च गोलकर्ता र वेष्ट स्ट्राइकरलाई विधागत रुपमा पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा सेमीफाइनलमा पुग्ने टोलीलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ ।